धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण कार्य सुरु, अब एक घण्टामै कोरोना जाँचको रिर्पोट 

Seti Hospital
Seti Hospital
April 02, 7:07

कैलाली, धनगढीमा कोरोना परीक्षण कार्य सुरु भएको छ । धनगढीको सेती प्रादेशिक (कोरोना विशेष) अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालाबाट आजैदेखि परीक्षण सुरु भएको हो ।  
प्रयोगशालामा कोरोनाका शङ्कास्पद व्यक्तिहरूको थ्रोट स्वावको  नमुना परीक्षण गर्न थालिएको प्रादेशिक अस्पतालले जनाएको । 
सङ्घीय सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना परीक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलिकोप्टर मार्फत मङ्गलवार धनगढी ल्याइएको थियो। बुधवार बिहानैदेखि स्वास्थ्य मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उपकरण जडानको काम गरेकोमा काम सम्पन्न भई परीक्षण सुरु भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । 
स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका मोलिकुर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखक सहितको टोलीले सेती अस्पतालमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन लगायतका उपकरण जडान गरेको हो । 
अब जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिर्पोट आउने बताइएको छ।  

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा