एकै दिन १ हजार संगै आएका कैलाली कञ्चनपुरका २ जनामा कोरोना, अरुको अवस्था के होला ?

Nepali
Nepali
April 04, 4:55

धनगढी : सुदूर पश्चिममा कोरोना संक्रमणको जोखिम बढेको छ। आज पोजेटिभ रिपोर्ट आएका ३ जनामध्ये कैलालीको लम्कीमा भेटिएका एक युवक गत १२ गते गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेको खुल्न आएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार १२ गते १ हजार हाराहारीमा नेपालीहरु गौरीफन्टा नाकामा एकैसाथ जम्मा भएर नेपाल प्रवेश गरेका थिए। उनीहरुलाई १२ गते बेलुकाबाट घर पठाउन सुरु गरिएको थियो।

कोरोना संक्रमण देखिएका युवक १३ गते बिहान घर पुगेका थिए। त्यसपछि उनी क्वारेन्टाइनमा बसेका थिए। उनी बसेको क्वारेन्टाइमा रहेका ४४ जनाको स्वाब संकलन गरिएको छ। र, उनको मात्रै रिपोर्ट पोजेटिभ आएको हो। उनको स्वाब नेपाली सेनाले संकलन गरेको थियो।

लम्कीको प्रतापपुर स्थायी घर भएका ती युवाले १२ गते आफू भिडभाडमा नगएर रुखको छहारीमा अलग्गै बसेको बताएका छन्। तर, ११ गते नाकामै सुतेका ५ सय नेपालीहरु र १२ गते नारावाजी गर्दै नेपाल आउन माग गर्ने विभिन्न जिल्ला मानिसहरुको भिडमा उनी थिए।

उता, कञ्चनपुरको बेदकोटमा फेला परेका संक्रमित भारतको उत्तराखण्डबाट चैत १३ गते गड्डाचौकी हुँदै घर पुगेका हुन्। उनी पनि भारतबाट नेपाल भित्रिने सयौं नेपालीको भिडमा थिए। त्यसदिन बिहान झण्डै दुई हजार पाँच सय नेपाली गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा