सेती प्रादेशिक अस्पतालमा ६५ जनाको नमूनामा परीक्षण, ५० जनाको रिपोर्ट नेगेटिभ
धनगढी, चैत्र २५ – सेती प्रादेशिक अस्पतालमा हालसम्म संकलन गरिएका ६५ जनाको थ्रोट स्वावको नमूना मध्ये ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमध्ये चार जनाको पोजिभिट आएको छ । अन्य ११ जनाको रिपोर्ट भने आईसकेको छैन ।
सेती प्रादेशिक अस्पतालले कोरोनाको आशंका गरिएका २१ जना भने सञ्चो भएर घर फर्केको जनाएको छ । हाल सेती प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमित र एक जना आशंका गरिएका व्यक्तिको उपचार भईरहेको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेका धनगढी हसनपुरका परिवारका ८ जना र दुई जना नातेदारमध्ये एक जना भाउजुमा मात्र संक्रमण पाईएको छ । परिवारका सदस्यहरुमा संक्रमण नभएको पाईएपनि उनका नातेदारको रिपोर्ट आईसकेको थिएन । उनलाई अस्पताल पु¥याउने एक जना भाई र अर्को नजिकका नातेदारको पनि थ्रोट स्वाव संकलन गरीजाँचका लागि काठमाण्डौं पठाईएको थियो ।
अन्य दुई जनाको पनि रिपोर्ट नेगेटिभ आएको हो । सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेका चारै जना संक्रमितको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक प्रवक्ता डा। जगदिश जोशीले बताए ।