प्रदेश २ मा एक र सुदूर पश्चिम प्रदेशमा एक कोरोना संक्रमित थपिए, अहिलेसम्म कूल १४

Corona
Corona
April 13, 4:39

काठमाडौं : सोमवार थप २ जना कोरोना संक्रमित बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

कैलालीकी ६५ वर्षीया र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका  १९ वर्षका किशोरमा पनि नतिजा पोजेटिभ आएको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। यससँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ।

आइतवारमात्र तीन जना भारतीय नागरिकमा संक्रमण देखिएको थियो। तीन जना संक्रमितहरु ३७, ४४ र ५५ वर्षको उमेर रहेका छन्। उनीहरु एक जना दिल्ली र दुई जना उत्तर प्रदेशका वासिन्दा रहेको खुलेको छ।

अहिलेसम्म ५ हजार ६ सय ९१ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। एकदिनमा ५ सय १९ जना जनाको परीक्षण गरिएको हो।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र ९ जना र उपत्यका बाहिर ९४ जना गरेर १०३ आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ७ हजार १ सय ६६ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा