र्‍यापीड टेष्टमा काभ्रे र धादिङका थप ३ जनामा कोरोना पोजेटिभ, अस्पताल भर्ना

dhulikhel-hospital
dhulikhel-hospital
April 14, 6:39

काठमाडौं,२ बैशाख - र्‍यापीड टेष्टमा मंगलबार काभ्रे र धादिङका ३ जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । र्‍यापीड टेष्टमा पोजेटिभ देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका दुई जना काभ्रेका हुन् भने एक जना धादिङका हुन् । काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक/एक जनामा र्‍यापिड डाइग्नोस्टक परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो ।

बेथान्चौक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए । उनीहरुको दुवैको स्वाब थप परिक्षणका लागि धुलिखेल अस्पताल भर्ना गरिएको छ । यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापीड टेष्टमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका युवा  दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए । उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएका २७ वर्षीय युवालाई काठमाडौं पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिए ।

भारत र तेस्रो मुलुकबाट आउनेहरुलाई सबै गाउँपालिकामा र्‍यापीड टेस्ट किटमार्फत परीक्षण शुरु गरेको छ । मंगलवार मात्र ज्वालामुखी गाउँपालिकामा ३५ जनाको आरडीटी परीक्षण गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा