कोरोना प्रभावित सुदूरपश्चिमलाई एलआरआई स्कुलको सहयोग, ५० थान बेडसेट हस्तान्तरण

LRI SCOOL
LRI SCOOL
April 16, 3:35

 धनगढी, वैशाख ४ - 
राजधानीको कलंकिस्थित एल.आर.आई. स्कुलले कोरोनाबाट बढी प्रभावित बनेको सुदूरश्चिम प्रदेशमा ५० थान बेडसेट पठाएको छ। 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत उक्त सामग्री प्रदान विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले सुदूपश्चिम सरकारलाई पठाएका हुन्। 
प्रदेश सात कोरोनाबाट बढी प्रभावित भएकाले थोरै भए पनि सरकारलाई रोगसँग लड्न क्वारेन्टाइनमा बसेकाहरूका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको गुठियार पन्तले बताए।
विद्यालयले ५० थान बेड, ५० थान म्याट्रेस, ५० थान सिरानी, ५० थान बेड सिट, ५० थान बल्याङ्केट गरि करिव चार लाख बरावरको सामग्री हस्तान्तरण गरिएको विद्यालयका मुख्य लेखाअधिकृत दीपक जोशीले बताए।
`यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरिसकेको छ। शैक्षिक गुठि अन्तर्गत सञ्चालित उक्त स्कुलले बेला-बेला विभिन्न विपदमा सहयोग गर्दै आएको छ। यसका साथै विद्यालयले थुप्रै सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ।
यस्तै विद्यालयका संस्थापक गुठियार पन्तले मन्त्री भट्ट मार्फत नै १५ हजार थान सर्जिकल ग्लोव तथा माक्स सुदूरपश्चिम प्रदेश सरकारलाई प्रदान गरिसकेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा