धनगढी उप–महानगरपालिकाद्धारा पत्रकारका लागि स्वास्थ्य सामाग्री वितरण

Dhangadhi
Dhangadhi
April 17, 5:15

 धनगढी – धनगढी उप–महानगरपालिकाले कोरोना भाइरस ( कोभिड,१९) को जोखिमबाट बच्नका लागि पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

उप–महानगरपालिकाले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । नगरप्रमुख नृपबहादुर वडले नेपाल पत्रकार महासंघका कोषाध्यक्ष हिमाल जोशीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमको पनि उपस्थीति रहेको थियो ।

नगरप्रमुख वडका अनुसार धनगढीका पत्रकारहरुलाई भनेर ४०० थान मास्क, ४० बट्टा सेनीटाईजर, १०० थान ग्लोब्सहरु हस्तान्तरण गरिएको हो । पत्रकारहरु, स्वास्थ्यकर्मीरु, सुरक्षाकर्मीहरु सबैभन्दा बढी जोखिममा रहेर काम गरिरहेको नगरप्रमुख वडले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा