कोशी अस्पतालले गरेको पीसीआर परीक्षणमा ८ जनाको ‘रिपोर्ट’ कोरोना पोजेटिभ

Corona
Corona
April 17, 6:57

काठमाडौं, ५ वैशाख – प्रदेश एकको कोशी अस्पतालमा गरिएको कोरोनाभाइरस प्रयोगशाला परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलका अनुसार कोशी अस्पतालमा पीसीआरबाट गरिएको परीक्षणमा ८ जनामा कोरोनाभाइरसको  संक्रमण देखिएको हो ।
कोशी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिए पनि थप पुष्टिका लागि उनीहरुको स्बाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
कोशी अस्पतालको परीक्षणमा कोरोना पोजेटिभ देखिएका आठै जना उदयपुरको मस्जिदमा लुकेर बसेका थिए । मस्जिदमा लुकेर बसेका उनीहरुलाई नियन्त्रणमा लिएर कोरोना परीक्षण गरिएको हो।
हाल उनीहरु आठैजनालाई कोशी अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पतालले हालसम्म दुई सयभन्दा बढीको पीसीर प्रविधिबाट परीक्षण गरेकोमा ८ जनामा पोजेटिभ देखिएको  जनाएको छ । त्यस्तै र्‍यापीड टेस्टमा पोजेटिभ देखिएका एक जनाको पीसीआर परीक्षणमा भने नेगेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा