आफ्नै देशको ढोका पनि उनका लागि आमा बितेको ६ दिनपछि मात्रै खुल्यो 

Bhatta
Bhatta
April 19, 4:33

दार्चुला, 
लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट किरिया बसेको छैटौं दिन आइतबार दिउँसो नेपाल आएका छन् ।
भारतीय सीमाको धारचुला बालुवाकोट महाविद्यालयको क्वारेन्टाइनमा नै उनी किरिया बसेका थिए।
सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको शैल्यशिखर नगरपालिका १ मा मंगलबार निधन भएको थियो। आमाको मृत्युको खबर पाएदेखि उनले घर आउन निकै प्रयास गरेका थिए। तर, भारतीय पक्षले प्रक्रिया पुर्‍याउनु पर्ने भन्दै समय लगाएको थियो।
‘हामीले उनलाई ल्याउन ताकेता गरिरहेका थियौं। भारततिरको प्रक्रिया लामो भएकाले समय लाग्यो,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने।अहिले भट्टलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। ‘स्वास्थ्य परीक्षणपछि उनलाई सुरक्षाका साथ घर पुर्‍याउँछौं,’ पौडेलले भने।
उनी क्वारेन्टाइनमै क्रिया बसेको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले उनलाई ल्याउने व्यवस्था मिलाउन दार्चुला प्रशासनलाई निर्देशन दिएको थियो। तर, भारतीय पक्षले प्रदेश राजधानी देहरादुन हुँदै दिल्लीबाटै अनुमति चाहिने भन्दै रोकेर राखेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा