मन्त्री लेखराज भट्टको लडाकु शैली : आपूर्ति व्यवस्थापन गर्न यस्तो छ रणनीति

Lekhraj bhatta
Lekhraj bhatta
April 20, 1:14

धनगढी, ८ वैशाख  - लकडाउनले मानिसको जनजीवन प्रभावित भइरहँदा खाद्यवस्तुको संकट पर्‍यो भने के गर्ने? संकटसँग जुध्नुको विकल्प छैन त्यसैले आपूर्ति व्यवस्था बलियो बनाउन यतिखेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सक्रियता ह्वात्तै बढेको छ।
सुरक्षाकर्मी नलिई आफैँ बजारमा के छ बुझ्न निस्कछन् उनी। भट्टको नेतृत्वमा भइरहेको प्रयासलाई निजी क्षेत्रले पनि साथ दिएको छन। जसका कारण बजार व्यवस्थापनमा सहयोग पुगेको उनी बताउँछन्। यति हुँदाहुँदै पनि मन्त्री भट्ट सन्तुष्ट छैनन्।

त्यसैले उनको सक्रियता एकोहोरोखाले भने छैन, सल्लाह र सुझाव लिनुलाई कमजोरी ठान्ने मन्त्रीहरुभन्दा अलग देखिएका छन् भट्ट।

उनी आजकाल नियमित रुपमा सांसदहरुसँग सुझाव संकलनमा जुटेका छन्। आपूर्ति व्यवस्थालाई अझै चुस्त बनाउन, बजारमा किनमेल सहज बनाउन उनी सांसदहरुसँग परामर्शमा छन्।

'प्रतिपक्ष र सत्तापक्ष सबै सांसदसँग परस्पर रुपमा छलफलमा छु। सांसदहरुले पनि फोन गरेर यो ढंगले काम गर्नुपर्‍यो। तपाईँको कामको स्पिरिट राम्रो मिलेको छ भनेर भनेका छन्,' भट्टले भने, 'बाँकी रहेका सांसदलाई म व्यक्तिगत रुपमा फोन गरेर प्रतिक्रिया लिन्छु।'

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदलाई क्रमैसँग सोधिरहेको भट्टको भनाई छ।

'आपूर्तिका लागि मन्त्रालयले गर्नुपर्ने काम, काम कस्तो भएको छ, कस्तो गर्दा ठीक होला भनेर अगाडि बढ्ने क्रममा छु,' उनले भने।

भट्टले प्रतिपक्षी नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापासँग पनि सुझाव लिएका छन्। थापाले ट्वीटरमार्फत मन्त्री भट्टले फोनबाट सुझाव लिएको बताएका छन्।

'माननीयज्यू, केही सुझाव छ? आपूर्ति मन्त्रीज्यूले फोन गरेर सोध्नुभयो। धन्यवाद दिँदै मापदण्ड पूरा गर्ने उद्योग चलाउन दिने, आपूर्तिको चेन टुट्न नदिन आवश्यक सवारी चल्न दिने, साना उद्यमीलाई भरथेग, दाल चामल राहतको साटो बजारबाट आफै खरिद गर्न निश्चित रकम नै सहयोग दिने लगायतको कुरा राखेँ,' थापाले भनेका छन्।

थापाले सामान किन्न भइरहको भिड कम गर्न पनि आपूर्ति मन्त्रीलाई सुझाव दिएका छन्। 'खाद्यान्न/तरकारी पसल दिनको १/२ घण्टा मात्र खोल्न दिँदा सामाजिक दुरी कायम हुनैसक्दैन। बिहान ३/५ भित्र पसलमा सामान पुर्‍याइसक्नुपर्ने, पसल बिहान ६ देखि राती १० सम्म खोल्नुपर्ने, सामान किन्न चाहिँ स्थानीय तहले घर पिच्छे दिन र समय तोकिदिँदा सामान पनि पाइने भिड पनि नहुने भनेको छु,' उनले जानकारी दिएका छन्।

मन्त्री भट्टले सबैको सल्लाहमा काम गरिरहेको जनाए। 'मेरो दोहोरो सम्वाद भइरहेको छ। उहाँहरुले पनि मलाई भनिरहनुभएको छ। मैले पनि सुझाव लिइरहेको छु। आपूर्ति व्यवस्था चुस्त बनाउने मेरो प्रयत्न हो,' उनले भने।

सांसदहरुका सुझावलाई आवश्यकताअनुसार कार्यान्वयन गर्दै लगिरहेको मन्त्री भट्टले बताए। भरसक जनताले सास्ती नपाउनेगरी आपूर्ति व्यवस्था मिलाउन आफू लागिपरेको उनको भनाई छ।

जनयुद्धमा 'राकेश' नामबाट सेती महाकाली कमाण्डर भएर जिम्मेवारी निर्वाह गरेका भट्ट अहिले त्यही शैलीमा खटिएका छन्।

लकडाउनमा बजार खुला गर्ने र किनमेलमा केही असहजता देखिए पनि मुख्यतया खाद्यान्नको अभाव हुन नदिनु उनको उद्देश्य बनेको छ। आयातमा आधारित नेपालको आपूर्ति व्यवस्थालाई चुनौतीका बीच उनले जसरी चलाइरहेका छन्, त्यसले उनको उपस्थिति देखाइरहेको छ।

मन्त्री भट्ट आफैं सुरक्षाकर्मी नलिएर अनुगमनमा निस्किँदा, स्थानीय तह र प्रशासनलाई अनुगमनमा सक्रिय गराउँदा त्यसको असर बजारमा देखिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा