शैलेश्वरी अस्पतालद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण
मनमोहन पनेरु, डोटी, वैशाख, ११ – शैलेश्वरी अस्पताल डोटीले पत्रकार महासंघ डोटी शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अस्पतालले जिल्लामा क्रियासिल पत्रकारहरुका लागि मास्क, सेनेटाइजर, ग्लोव्स र सावुन हस्तान्तरण गरेको हो ।
विश्वमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण तिव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमा पनि जोखिम बढ्दै गएको छ । भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पत्रकारहरू अग्रपंत्तिमा रहेर काम गरिरहेको देखेर पत्रकारको व्यक्तिगत सुरक्षाका लागि सामग्री उपलब्ध गराएको अस्पताल सञ्चालक आइजंग कुँवरले बताए ।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराए पनि पत्रकारलाइ कसैले सामग्री उपलब्ध नगराएकाले अस्पतालको तर्फबाट सक्दो सहयोग गरेको बताए ।
अस्पतालले १०० पिस सर्जिकल मास्क, १०० जोडी ग्लोव्स, ५० वटा सावुन, ५० सेनेटाइजर उपलव्ध गराएको हो ।
स्वास्थ्य सामग्री गृहण गर्दै महासंघका अध्यक्ष योगेन्द्र बलायरले अस्पताल सञ्चालकलाई धन्यबाद ज्ञापन गरे । उनले अस्पतालबाट प्राप्त स्वास्थ्य सामग्रीहरू महासंघ मार्फत जिल्लामा क्रियाशिल सबै पत्रकारहरूलाई वितरण गरिने बताए ।
अध्यक्ष बलायरले कोरोना भाइरसको उच्च जोखिमा सञ्चारकर्मी रहेको बताउँदै सबै सञ्चारकर्मीहरूलाई सुरक्षित भएर , सामाजिक दुरी कायम गर्दै सूचना संकलन गर्न अनुरोध गरेका छन् ।