पछिल्ला दुई संक्रमित भारतमा कोरोनाको इपिसेन्टर मानिएको मुम्बईबाट रातारात नेपाल छिरेका थिए 

Quarentine
Quarentine
May 08, 11:58

धनगढी, ६ वैशाख - भारतमा कोरोनाको इपिसेन्टर मानिएको मुम्बईबाट आएका दुईजनामा नेपालमा कोरोन देखिएको छ । पछिल्ला दुई संक्रमित मुम्बइबाट आएकाृ खुलेको हो । 
हिजोमात्र कोभिड९१९ को संक्रमण पुष्टि भएका उनीहरु चार दिन अघि रातारात गरेर नेपाल छिरेका थिए।
मायादेवी गाउँपालिका वडा नं २ का एकै परिवारका पाँच जना नेपाल आएका थिए, तीमध्ये दुई जनामा संक्रमण देखिएको गाउँपालिकाका सूचना अधिकारी रामचन्द्र चौधरीले जानकारी दिए।
उनका अनुसार गाउँपालिकाका तीन वटा क्वारेन्टाइनमध्ये दुई क्वारेन्टाइनका ६५ जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। जसमध्ये १३ जनाको रिपोर्ट आएकोमा दुई जनामा दाजुभाइमा संक्रमण देखिएको चौधरीले जानकारी दिए।

ुक्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएपछि अरुको पनि परीक्षणको तयारी भइरहेको छ। गाउँपालिकाका कतिपय कर्मचारीहरु पनि क्वारेन्टाइन अनुगमनका लागि पुग्नुभएको थियो,ु उनले भने, ुउहाँहरु पनि जोखिममा हुनुभयो। उहाँहरुको पनि परीक्षण गर्ने विषयमा छलफल भइरहेको छ।ु

गाउँपालिकामा १९ गते शुक्रवार देखि मानिसहरु राख्न थालिएको छ।

ुहाम्रा क्वारेन्टाइन खाली भएका थिए,ु उनले भने, ुभारतका केही राज्यमा मे ३ देखि आवागमनलाई केही खुकुलो पारिदियो। त्यसपछि त्यताबाट मानिसहरु आउन थाले। भारतले खुकुलो पार्ने हामीले यता कडा पार्ने गर्दा मानिसहरु रातिराती पस्न थाले।ु

उताबाट आउन खोजेका र आएकालाई खोजेर क्वारेन्टाइनमा राखिएको उनले बताए।

ुहामीले फेला पारेका जतिलाई क्वारेन्टाइनमा राखेका छौं। केही चोरीचकारीले घर पुगेका पनि होलान्। घर पुगेकालाई पनि हामीले थाहा पाएसम्म खोजेर ल्याएका छौं,ु चौधरीले भने। संक्रमित दुई जनालाई आजै बुटवल स्थित धागो कारखानामा लुम्विनी प्रादेशिक अस्पतालले निर्माण गरेको कोरोना विशेष अस्पतालमा पठाइएको उनले जानकारी दिए।

मायादेवी गाउँपालिका भारतीय बजार पिप्रहवा देखि नजिक छ। यहाँको सीमा नाका चाकरचौडाबाट नेपालीहरु नेपाल प्रवेश गर्दै आएका छन्। गाउँपालिका भारतसँग करिब १५ किलोमिटर खुला सीमानाले जोडिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा