एक साता अघि भारतको मुम्बई र पन्जाबबाट आएका १० जनामा देखियो नेपालमा कोरोना

covid test
covid test
May 11, 12:28

बुटवल, वैशाख २९ - सोमबार फेला परेका १० जना कोरोना संक्रमित एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको खुलेको छ ।
लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिकामा छिरेका हुन् ।

कोरोना संक्रमित १० जनामध्ये ८ जना कपिलवस्तुको यशोधरा गाउँपालिका पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा र अन्य २ जना बुद्धभूमि नगरपालिकाको अनिरुद्र पब्लिक मावि बैदौलीको क्वारेन्टाइनमा बसेका थिए ।
बुद्धभूमिका दुईजना मध्ये एकजना वडा नंं ७ मानपुरका र अर्का वडा नं १० धनकौलीका हुन् । भारतबाट आएर यशोधरा गाउँपालिका तथा कपिलवस्तु नगरपालिका र बुद्धभूमि नगरपालिकाका क्वारेन्टाइनमा बसेका २९० जनाको स्वाब शनिबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकामा ९९ जनाको परीक्षण भएको भएको थियो ।

९९ जनामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट नेगेटिभ आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

कपिलवस्तुमा यसअघि फेला परेका ५ जना संक्रमित पनि लकडाउनकै समयमा प्रहरीको आँखा छलेर लुकिछिपी जिल्ला प्रवेश गरेका थिए । जिल्लाका १० पालिकाले सन्चालन गरेका क्वारेन्टाइनमा एक हजार ३७९ जना बसेका छन् ।

भारतका विभिन्न शहरबाट आएर कपिलवस्तुका विभिन्न नाकामा अहिले पनि एक हजार बढीको संख्यामा नेपालीहरु बसिरहेका छन् । उनीहरुमध्ये कतिपय रातिको बेला सुरक्षाकर्मीलाई छलेर जिल्ला प्रवेश गर्ने गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा