सवारी पासको दुरुपयोग: नुन बोक्ने गाडीमा मदिरा ढुवानी(भिडियोसहित)

Sawari
Sawari
May 22, 11:25

धनगढी, जेठ ९ - लक डाउना सवारी पासको दुरुपयोग हुने क्रम बढेको छ । अत्यावश्यक बस्तुका लागि वितरण गरिएका पास प्राप्त सवारीहरुमा मदिरा ढुवानीको क्रम बढेको हो । 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्ष कुमार बस्नेतले गत जेठ २ गते साल्ट ट्रेडिङको धनगढी कार्यालयबाट नुन लिएर बैतडी जादै गरेको से १ ख २०१० नम्बरको मीनी ट्रकमा मदिरा समेत फेला पारेको बताएका थिए । 
उक्त घटना पछि साल्ट ट्रेडिङगले नुन बाहेक अन्य बस्तु ढुवानीमा कडाइ गर्न एउटा अलग्गै पर्चा काटेर दिने गरेकोमा चालकहरुले फेरि पनि त्यो काम रोकेका छैनन् । 
शुक्रवार पनि फेरि नुन बोक्ने भनेर आएको मिनि ट्रक मदिरा ढुवानी गर्ने कार्यका लागि प्रयोग गरिएको पाइएको छ । 
बैतडीकै पाटन लग्ने भनेर नुन लिन आएका चलकले मदिरा खाली गरेर नुन लोड गर्न आएको थाहा पाए पछी प्रहरीले उनलाई केहीवेर सोधपुछ गरि आइन्दा त्यस्तो कार्य नदोहोर्‍याउने सर्तमा छोडेको छ। अम्बर बहादुर साउदले चलाउदै आएको से १ क १०८७ नम्बरको मिनि ट्रकमा उनले मदिरा ढुवानी गर्नेगरेको पाइएको हो । उनले पनि आफुले मदिरा वैतडी लैजान लागेको स्वीकार गरे ।

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा