आइसोलेसनबाट झ्याल तोडेर फरार भए जनकपुरका एक कोरोना संक्रमित

Province
Province
May 24, 1:53

जनकपुरधाम, जेठ ११ – प्रादेशिक अस्पताल जनकपुरधामबाट सर्लाहीका ४५ वर्षीय कोरोना संक्रमित व्यक्ति फरार भएका छन्।
आइतवार बिहानै आइसोलेसन कक्षमा रहेका ती संक्रमित फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 
सर्लाहीका यी संक्रमितको मानसिक स्वास्थ्यमा समस्या रहेको र उनले पटक–पटक भाग्ने प्रयास गरेका थिए। उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। उनको हाल खोजी भइरहेको छ।

अहिले विशेष कोभिड अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका ४० भन्दा धेरै कोरोना संक्रमित उपचाररत छन्।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा