सरकारी कर्मचारीमा संक्रमण देखिएको डडेल्धुरामा चार कार्यालय सिल, १ सय ५० जनाको स्वाब परीक्षण

Dadeldhura
Dadeldhura
May 24, 2:05

डडेलधुरा, जेठ ११ – डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ती सरकारी कर्मचारी भएपछि त्यहाँका सरकारी कार्यालय सिल गरिएको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत भएपछि चार वटा सरकारी कार्यालय सिल गरिएको हो ।

डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षणपछि उनी स्क्रब टाइफसको औषधी लिएर अस्पतालबाट फर्किएका थिए तर पछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । सङ्क्रमितसँग सम्पर्क आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेल्धुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी एक सय ५० जनाको स्वाब परीक्षण गरिएको छ ।

२० जनाको आरडिटी गरिएको र चिकित्सक सहित सात जना अन्य आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टिनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । डडेल्धुरामा सात स्थानीय तहका ३० हजार संख््यामा डडेल्धुराबाट भारत गएको तथ्याङ्क छ । बिहीबार २८८ जनालाई क्वारेन्टिनबाट घर पठाइएको छ । शनिबार ६२६ जिल्लाका सात स्थानीय तहको क्वारेन्टिनमा रहेको प्रजिअ पन्तले बताए । रासस

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा