रुकुम पश्चिम हत्या प्रकरणका दोषीलाई कार्वाही गर्न नागरिक समाज कैलालीको माग

Rukum
Rukum
May 26, 7:22

धनगढी, १३ जेठ - नागरिक समाज कैलालीले जेठ १० गते रुकुम पश्चिमको चौरझारी नगरपालिका ८ सोतीमा तीनजना युवाको हत्या गर्ने हत्यारालाई कार्वाहीको माग गरेको छ । मंगलबार नागरिक समाज कैलालीले कार्वाहीको माग राख्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा गैर दलित समुदायको यूवती र दलित समुदायको यूवक बिच बिवाह गर्न नदिन सोतीका गाउँलेले नवराज बिक, गणेश बुढामगर र टिकाराम बिककाृ हत्या गरिएकोले यो दलित समुदाय माथी सांस्कृतीक रुपमै आक्रमण भएको बताईएको छ । घटनाले मानव अधिकारको उल्लंघन मात्रै नगरेर बर्तमान संविधान र ऐन कानुनको धज्जी उडाएको ज्ञापनपत्रमा उल्लेख छ । घटनाको सत्यतथ्य छानविन गरि हत्या गरिएका ब्यक्तिलाई सहित घोषणा गर्न , पिडित परिवारलाई राहत र क्षेतिपूर्ती दिन दोषीलाई ज्यान मुद्धा र जातीय भेदभाव सम्वन्धी कसुरमा मुद्धा चलाउन ज्ञापनपत्रमा माग रिएको छ । नेपाली कांग्रेस कैलालीका महासमिति सदस्य तथा दलित अगुना प्रेम बिसीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र बिकले पढेर सुनाएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा