डडेल्धुराको एक होटलमा युवतीको शव फेला पर्‍यो

Deda
Deda
May 27, 2:57

डडेलधुरा, जेठ १४ – डडेल्धुरामा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको अमरगढी नगरपालिका –७ की अन्दाजी २०÷२१ वर्षीया निर्मला बोहोरा मृत अवस्थामा फेला परेकी हुन्।

बुधबार विहान अमरगढी –७ मा रहेको रातो गुराँस रिसोर्टमा बोहोरा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ‘कोठाको बाथरुममा उनी मृत अवस्थामा फेला परेपछि होटलले हामीलाई जानकारी गराएको थियो’ डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले भने।

प्रहरी नायव उपरीक्षक न्यौपानेका अनुसार घटनास्थलमा अहिले प्रहरी पुगेको छ भने आफन्त आउँदैछन्। उनी विवाहित वा अविवाहित हुन भन्ने नखुलेको डिएसपी न्यौपानेले बताए।

प्रारम्भिक रूपमा बुझ्दा युवती आएर आफै कोठा बुक गरेको भन्नेसम्म खुलेको प्रहरीले जनाएको छ। बोहोरोको हत्या वा आत्महत्या हो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा