नेपालमा थप १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, देशभर सङ्क्रमितको सङ्ख्या ८ सय ८६ पुग्यो

Corona
Corona
May 27, 4:28

धनगढी, जेठ १४ - पालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ।

आज पुष्टि भएका संक्रमित मध्ये धरानमा परीक्षण गरिएका सप्तरीका ११ जना छन्। कोशीमा परीक्षण गरिएका मध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ। हेटौंडामा परीक्षण गरिएका मध्ये एक जना मकवनपुर र सात जना रौतहटका रहेका छन्। पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जनामा संक्रमण पुष्टि भएको छ।

राप्तीमा गरिएको परीक्षणमा १८ जना संक्रमित पुष्टि भएको छ। जसमध्ये रुकुम पूर्वका ३ जना र दाङका १५ रहेका छन्। भेरीमा गरिएको परीक्षणमा बाँके जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये सिराहाका १ जना रहेका छन्। त्यस्तै सिराहा घर भइ सप्तरीमा कार्यरत एक जना रहेका छन्। बारा सात जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै रौतहट घर भइ बारामा कार्यरत एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै, काठमाडौंमै भएको परीक्षणमा रौतहटका २८ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितहरुको संख्या पहिलो पटक दिनमा १०० कटेको पहिलो हो। हालसम्म ८८६ संक्रमित पुगेका छन्। संक्रमित मध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेका छन्।

संक्रमित मध्ये सबैभन्दा बढी प्रदेश ५ का ९ जिल्लामा ३६५ रहेका छन्। त्यस्तै प्रदेश २ का ८ जिल्लामा ३२४ जना संक्रमित भएका छन्। प्रदेश १ का सात जिल्लामा संक्रमितहरुको संख्या १०३ जना रहेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा