सुदूरपश्चिममा कोरोनाका कारण पहिलो मृत्यु, मृतक बालिकाकी आमामा पनि संक्रमण
बाजुरा : सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरसबाट एक बालिकाको मृत्यु भएको छ। बाजुरा अस्पतालको आइसोलेसन वार्डमा राखिएकी बालिकाको कोरोना भाइरस संक्रमण बाट मृत्यु भएको पुष्टि भएको छ । बुढीगंगा १ घर भएकी २ बर्षिया बालिकाको आज बिहान मृत्यु भएको थियो । उनकोस्वाब संकलन गरि धनगढी पठाएकोमा कोरोना पोजेटिभ देखाएको सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थिले बताए । मृतक बालिकाकी २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिर्पोट भने नेगेटिभ आएको छ ।
बुढीगंगा नगरपालिका १ धुरालसैनमा माविको आईसोलेसनमा अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साँझ राखिएको थियो । २ बर्षकी बालिकामा पखाला, ज्वरो, श्वास प्रश्वास समस्याबाट ग्रसित रहेकी थिईन । ८ दिन अगाडी उनको परिवार भारतबाट आएका थिए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।