कोरोनाबाट मृत्यु भएकी २ बर्षिय बालिकाको शव नेपाली सेनाले बुढिगंगा नदिको किनारामा यसरी गाड्यो 

Dead body
Dead body
May 31, 9:35

धनगढी जेठ १८ - बाजुरा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकी बालिकाको सव ब्यबस्थापन नेपाली सेनाले गरेको छ । समरजित गुम्लका नेपाली सेनाले कोरोना संक्रमित बाट मृत्युको शब ब्यबस्थापन निर्देशिका मार्फत शब ब्यबस्थापन गरेर गाडिएको नेपाली सेनाका मेयर रबिन श्रेष्ठले वताएका छन् ।

मृतक वालिकाको शब जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्षमा राखिएको थियो । शब बडिमालिका नगरपालिकाको राप्कको बुढिगंगा नदिको किनारामा गाडिएको छ । बडिमालिका नगरपालिकाको टिफर मार्फत लगेको थियो । डोजर मार्फत खाल्डो खनेर मृतक वालिकालाई पुरेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले वताएका छन् ।


बाजुरामा २ बर्षिय वालिकाको कोरोनाका कारण मृत्यु, र आमा पनि कोरोना संक्रमित देखीए संगै बुढिगंगा नगरपालिका १ को धुरालसैन माबि सिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि मृतक बालिका सहति उनका आमा बुवा समेत जेठ १५ गते सदरमुकाम मार्तडीमा आइसोलेसनमा ल्याएको थियो ।

बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिका कोरोना बाट मृत्यु भए संगै संक्रमित बसेको क्वारेन्टाइन समेत सिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा १ घर भएकी २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको परिक्षणमा कोरोना पोजेटिभ देखीएको हो । आईतवार दिउँसो आएको रिर्पोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा