कैलालीमा आफ्नै १३ बर्षकी छोरीलाई रुखमा बाँधेर बलत्कार गर्ने बुबा पक्राउ !

arrest
arrest
June 03, 10:50

धनगढी, जेठ २१ - इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले आफ्नै जेठी छोरी बलत्कार गरेको आरोपमा बुबालाई पक्राउ गरेको छ । कैलालीको चुरे गाउँ पालिका वडा न. ५ भासु बजारमा बस्दै आएको बर्ष ४५ को गणेश औजीलाई गए राती साढे १० बजे तिर सहजपुरको जंगलबाट भागिरहेको अबस्थामा पक्राउ गरिएको हो ।
निजको बारेमा गत जेठ १७ गते राती प्रहरीमा उजुरी परेपछि उनि घरबाट भागि फरार रहेका थिए । ३ रात ३ दिनको प्रहरीको अथक खोजीले तेस्रो दिन सहजपुर जंगलबाट भागिरहेको अवस्थामा प्रहरीको टोलीले घेराहाली पक्राउ गरेको हो । पिडितका अनुसार गणेशले भासु जंगलमा रुखमा हात खुट्टा बाँधेर र घरमै समेत बलत्कार गरेको आरोप छ ।
बालिकालाई कसैलाई खबर गरेमा मार्ने धम्कि समेत दिदै आएका थिए । यस्तै हर्कतका कारण निजलाई कुनै पनि ठाउँ बाट २ वा ३ महिना पछि स्थानियले धपाउने गरेको पीडित बताउँछिन । निजलाई थप कानुनी कारबाहीका लागि जि.प्र.का. कैलाली पठाउने ईलाका प्रहरी प्रमुख  माधव बिश्वकर्माबताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा