चिकित्सक माथि हातपात गर्ने दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलित

Doctors
Doctors
June 03, 2:27

कैलाली, जेठ २१ – नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् ।
घटना भएको आठ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । नेपाल मेडिकल कलेजका चिकित्सक संघ सुदूरपश्चिम प्रदेश कमिटिले पनि बुधबार चिकित्सकमाथि भएको हातपात र डोटीको शिखर नगरपालिकामा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट घटनालाई लिएर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्ले कार्डसहित प्रदर्शन गरेको छ ।
जेठ १४ गते जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात र मंगलबार डोटी स्वास्थ्य चौकीमा कार्यरत अहेव रमेश कुँवरमाथि कुटपिट गरिएको थियो । लाटामाण्डौंमा रहेको स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्य चौकी जादै गरेको अवस्थामा उनीमाथि तीन जनाले आक्रमण गरेका थिए । गाउ“को बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन जनाले गालीगलौच गर्दै उनीमाथि आक्रमण गरेको बताइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा