kagendra

सीमामा समस्या परेकालाई सहयोग गर्दै डाक्टर नितेश कनौडियाको टिम र नेपालगन्ज मेडिकल कलेज

1
1
June 04, 9:38

धनगढी, जेठ २२ - सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ का नाकाहरूबाट दैनिक रूपमा नेपालीहरू भित्रिरहेका छन् । उनीहरूलाई विभिन्न मनकारीहरूले सहयोग गर्दै आएका छन् । त्यसमै पर्छन् डाक्टर नितेश कुमार कनौडिया र उनको टिम । कनौडिया नेपालगन्ज मेडिकल कलेजका सह निर्देशक हुन भने उनी लगायतका उनका साथीहरूले सामाजिक कामका लागि खोलिएको फिल द बकेटका पनि सदस्य हुन् । डाक्टर कनौडियाकै पहलमा धनगढीको गौरीफन्टा नाकामा पुगेका नेपालीहरूलाई खाना पानी खुवाउने काम भइरहेको छ । सीमामा अलपत्र नेपालीहरूले खाना खान नपाएर भोक भोकै भएको अवस्थामा धनगढीका युवाहरूको समूह रोयल कोलाब्रोटिभ्सले खाना खुवाउँदै आएकोमा फिल द वकेट र नेपालगन्ज मेडिकल कलेजले पनि सहयोग थालेको छ । धनगढीको निसर्ग अस्पतालले रोयल कोलाब्रोटिभ्सलाई खाना खुवाउनका लागि सहयोग गर्दै आएको डाक्टर नितेश उनको टिम र नेपालगन्ज मेडिकल पनि जोडिएको हो । 
निसर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्तको सहयोगमा नेपालगन्ज मेडिकल कलेज र फिल द बकेटले गौरीफन्टा नाकामा पुगेकाहरूलाई खाना खुवाउने काम भइरहेको छ । पछिल्ला दुई दिनमा उनीहरूको सहयोगमा खाना खुवाइएको छ । पहिलो दिन १३ सय र दोस्रो दिन १४ सय जनालाई खाना खुवाइएको छ । डाक्टर कनौडियाले गौरीफन्टा नाकामा पहिलो चरणका लागि १० हजार जनालाई खाना खुवाउने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि रोयल कोलाब्रोटिभ्सलाई सहयोग गरिसकेको अवस्थामा झण्डैै ५० हजार जनालाई खाना खुवाउन प्रतिबद्धता जनाएको निशर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्तले बताए । 
डाक्टर नितेन सहितको टीमले नेपालगन्जको रुपडीया नाकामा पनि खाना पानी खुवाउँदै आएको छ । भारतबाट फर्किने नेपालीहरूलाई लक्षित गरेर नेपालगन्जको जमुनाह नाकामा तयारी खाजा र पानी वितरणलाई जारी राखिएको हो । मेडिकल कलेज नेपालगन्जले फिल्ड द वकेटसँगको सहकार्यमा बिस्कुट, चाउचाउ र पानीको प्याकेज बनाएर वितरण गरिरहेकोमा हालसम्म १३ हजार ६ सय २८ जनालाई खाजा पानी दिइएको डाक्टर नितेशकुमार कनौडियाले जानकारी दिए । उनले आफ्नो जन्मदिनको अवसर पारेर थालेको सहयोग गर्ने अभियान अन्तर्गत आउने नेपाली नागरिकलाई प्रति व्यक्ति एक बोतल पानी, चाउचाउ र बिस्कुट एक हप्तासम्म नियमित रूपमा दिएका छन् । खाद्य सामाग्री दिन उनी आफै सीमा नाकामा खटिँदै आएका छन् । 
यति बेला दैनिक कयौँ नेपालीहरू जमुनाह नाका हुँदै घर फर्किने गरेका छन् । भोकै प्यासै घर फर्किनेलाई कनोडियाको सहायताले ठुलो राहत महसुस गराएको छ ।

कनोडियाले भने, हाम्रो सानो सहायताले नेपाली दाजुभाइहरूको दुःखमा मलम लगाउने विश्वास लिएको छ । डाक्टर कनोडिया बाँकेको कोरोना विरुद्धको अभियानमा पनि उत्तिकै सक्रिय छन् ।
नेपालगन्ज मेडिकल कलेजका सह निर्देशक रहेका कनौडीया लगायत उनका साथीहरू सामाजिक कामका लागि २०१४ मा फिल द वकेटको सुरुवात गरेका हुन । यसमा कुनै पनि सङ्घ संस्थाको नभएर साथीभाईहरुले दिएको सहयोगबाट सामाजिक काम गरिँदै आएको छ । अहिले सीमामा पुगेका नेपालीहरूलाई सहयोग भइरहेकोमा यसअघि पनि अन्य समयमा पनि सहयोग गर्दै आएको डाक्टर कनौडियाले बताए । उनका अनुसार २०७२ सालको भूकम्पमा पनि उनीहरू सक्रिय रूपमा लागेका थिए ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा