पाँच मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित

Pradesh sabha
Pradesh sabha
June 04, 4:27

जनकपुर — प्रदेशसभा सचिवालयमा कार्यरत ५ जनामा कोरोना भाइरसको पुष्टि भएपछि बिहीबार आव्हान गरिएको संसद् बैठक स्थगित गरिएको छ । प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको थियो  ।

प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन् । उनीहरु प्रदेशसभामा कार्यरत मर्यादा पालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिए । ‘मर्यादापालकमा कोरोना पोजिटिभ देखिएपछि बिहीबार ३ बजे बस्ने भनिएको संसद्को बैठक स्थगित गरिएको छ,’ यादवले भने,‘अर्को बैठक शुक्रबार १ बजेका लागि निर्धारण गरिएको छ ।’ उनले प्रदेशसभामा कोरोना भाइरस पुष्टि भएका ५ जनालाई आइसोलेसनमा उपचारका लागि लगिएको र प्रदेशसभालाई स्यानिटाइज गर्ने काम भइरहेको बताए ।

प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको बजेटको प्रारुप प्रस्तुत गरेका थिए । त्यसैमा छलफलका लागि बिहीबार ३ बजे बैठक बोलाइएको थियो । राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टमा ५ जना मर्यादापालकमा कोरोना भाइरस पुष्टि भएपछि संसद्को बैठक स्थगित गरिएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा