६ जना कोरोना सङ्क्रमितलाई अस्पतालले सडकमा छोड्यो, दिनभर भौँतारिएका उनीहरू फेरी अस्पताल गए 

Corona
Corona
June 05, 10:49

धनगढी, जेठ २३ - सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना सङ्क्रमितलाई निको नहुँदै अस्पतालले घर पठायो । शुक्रवार दिउसो २ बजे अस्पतालले डिस्चार्ज गरेका उनीहरू कहाँ जाने भनेर बेलुका सम्म अन्योलमा रहे ।

अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको थियो।

डिस्चार्ज गरेका ६ जना कोरोना सङ्क्रमित धनगढीमै अलपत्र परे । दिउसो २ बजे उनीहरूलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएकोमा सम्बन्धित जिल्लासम्म पुगाउने व्यवस्था नभएपछि उनीहरू धनगढीमा अलपत्र परेका हुन् । आज बिहानै देखि लगातार पानी पनि परिरहेकाले उनीहरू भिज्दै अस्पतालबाट हिँडेर बजार तिर निस्के।

डिस्चार्ज गरिएका उनीहरूले भने –‘एक्कासि अस्पतालको आइसोलेसनबाट घर जान भनियो तर न गाडीको व्यवस्था गरिएको छ न त आजका लागि बस्ने व्यवस्था नै गरिएको छ। कहाँ जाने अन्योलमा छौ ।’ शिवनाथ गाउँपालिकाले एम्बुलेन्स पठाउने भने पनि एम्बुलेन्स भोलि मात्रै पुग्ने भएकाले उनीहरूले आज कहाँ बस्ने कुनै टुङ्गो छैन। ‘११ वर्षीय छोरी र मलाई पनि अस्पतालले घर जान भनेको छ,’ अछामका ३२ वर्षीय सङ्क्रमित पुरुषले भने– ‘गाउँपालिकालाई गाडीका लागि समन्वय गर्न भनिएको छ तर मसँग कसैको नम्बर छैन, कसलाई भनौँ।

सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले स्वास्थ्य मन्त्रालये जारी गरेको निर्देशन अनुसार उनीहरूलाई डिस्चार्ज गरिएको बताउँदै सम्बन्धित पालिकासम्म पुगाउने जिम्मेवारी आफ्नो नरहेको उल्लेख गरे। यसअघि सङ्क्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेकोमा स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि उनीहरूलाई डिस्चार्ज गरिएको थियो ।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका सङ्क्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारितसँगै यी ६ जनालाई डिस्चार्ज गरिएको अस्पतालले बताएको छ।

यसरी निको नहुँदै अस्पतालबाट डिस्चार्ज गरेर अलपत्र परेपछि सामाजिक सञ्जालमा सरकार र सेती प्रादेशिक अस्पतालको चर्को आलोचना भयो । धेरैले सरकारको गैर जिम्मेवारी पन सँगै अमानवीय व्यवहार भनेर सामाजिक सञ्जालमा आलोचना गरे।

साथै सामाजिक सञ्जालमा यसरी निको नहुँदै कोरोना सङ्क्रमितलाई डिस्चार्ज गरेर सडकमा अलपत्र छोड्दा सङ्क्रमणको खतरा पनि बढेको बताएका छन्।
त्यसपछि फेरी उनीहरूलाई अस्पतालले प्रि आइसोलेसनमा राखेको छ । दिनभर भौँतारिएका उनीहरू फेरी पुरानै बसोबास रहेको आइसोलेसनमै गएका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा