सेती प्रादेशिक अस्पतालमा एक मिर्गौला रोगीको मृत्यु पछि वार्ड सिल गरियो, कोरोना परीक्षण बाँकी

seti hospital
seti hospital
June 06, 4:35

धनगढी,  जेठ २४ – सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा एक जना महिलाको मृत्यु भएको छ । विरङ्ग हेल्थ केयरले सञ्चालन गर्दै आएको डायलासिस वार्डमा गए राति कैलालीको हसुलियाकी सेन्चुरी चौधरीको मृत्यु भएको हो । मिर्गौला रोगबाट पीडित उनी सेती अस्पतालमा पहिलो पटक डायलासिस गराउनका लागि पुगेकी थिइन् ।

डायलासिस अघि उनको आरडिटी रिपोर्ट नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए । अस्पतालको इमरजेन्सीबाट उनलाई डाईलासिस वार्डमा ल्याइएको उनले बताए । मृत्युपछि थ्रोट स्वाबको नमुना सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाइएको छ । डायलासिस वार्डमै मृत्यु भएपछि डायलासिस वार्ड सिल गरिएको छ । मृतक महिला यसअघि नेपालगन्ज र काठमाडौँमा डायलासिस गराउँदै आएकी थिइन् । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा