मुख्यमन्त्री भट्ट र नगरप्रमुख वड बिच कोरोना सङ्क्रमण रोकथाम कार्यको समीक्षा

Mayoy n CM Nirpa Oad vs Trilochan Bhatta
Mayoy n CM Nirpa Oad vs Trilochan Bhatta
June 07, 3:12

धनगढी, जेठ २५ – सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड बिच कोरोना रोकथामका लागि भइरहेका गतिविधीहरुको समीक्षा भएको छ ।
ठुलो प्रयासका कारण कोरोना क्वारेन्टाईनमा रहेकाहरूमा सीमित राख्न सकेको निष्कर्ष उनीहरूको थियो । ‘कोरोना परीक्षण गर्ने मेसिनको अभावले समस्या भइरहेको छ’ मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘त्यसैले मेसिन थपका लागि पहल भइरहेको छ । महामारीको बेला सबैले रचनात्मक भूमिका खेल्नुपर्ने आवश्यकता छ ।’ उनले भने, ‘श्रोत साधनले भ्याए सम्म तीनै तहका सरकार जुटेका छन् ।’
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी उप–महानगरपालिका सीमामै भएकाले भारतबाट भित्रिरहेकाहरूको व्यवस्थापनमा थप मारमा परेको बताए । ‘रातदिन नभनेर जनप्रतिनिधि , स्वास्थ्यकर्मीहरू खटिएका छन् ।’ नगरप्रमुख वडले भने, ‘केही मान्छेहरू चुनौतीको अवस्थामा रचनात्मक भूमिका खेल्नु भन्दा मनोबल कमजोर बनाउने काममा उद्धत छन् ।’

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा