सुदूरपश्चिममा प्रयोगशाला थप्न नेता एनपी साउदको माग, स्वास्थ्यमन्त्रीले भनेः ‘ठूलो क्षमताको पीसीआर मेसिन पठाउँछौं’

NP Saud Final
NP Saud Final
June 07, 3:22

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशाला थप्न माग गरेका छन्।

साउदले आइतवार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर सुदूरपश्चिममा प्रयोगशाला थप्न, परीक्षणको दायरा बढाउन र थप कोरोना विशेष अस्पतालहरु खोल्न माग गरेका हुन्।

ल्याब मेसिन नहुँदा सुदूरपश्चिममा स्वाब संकलन रोकिएको छ। सुपमा अहिले एकमात्र सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण ल्याब छ। ल्याबको क्षमता दैनिक २५० छ। तर, १५० मात्रै परीक्षण हुन्छ।

स्वाब भने दैनिक ३ सयदेखि ५ सयसम्म संकलन हुन्छ। यस्तो अवस्थामा स्वाब परीक्षण गर्ने मेसिन पर्याप्त नभएपछि सुप स्वास्थ निर्देशनालयले ५ दिनसम्म स्वाब संकलन नगर्ने निर्णय गरेका बेला नेता साउदले सिंहदरवार गएरै स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

साउदले सुपमा भारतबाट आउने प्रवासी नेपालीको संख्या धेरै भएको र परीक्षणविनै आउँदा जोखिम थप बढ्ने भन्दै मन्त्री ढकाललाई सचेत गराए।

उनले तत्काल स्वाब संकलन सुरु गर्न र परीक्षणको दायरा बढाउन माग गरे। साउदले अछामको बयलपाटा, डडेल्धुराको टिम अस्पताल, महाकाली अञ्चल अस्पतालमा ल्याब राख्न माग गरे। सेती प्रादेशिक अस्पतालको परीक्षण क्षमता बढाउन पनि माग गरे।

जवाफमा स्वास्थ्यमन्त्री ढकालले सुदूरपश्चिममा तत्कालै ठूलो क्षमता भएको पीसीआर मेसिन पठाउने तयारी भइरहेको बताए। मेसिन खरिदको प्रक्रियामा रहेको भन्दै अधिक क्षमताको मेसिन पठाइने, अस्पतालहरुमा पनि कोरोना परीक्षणको व्यवस्था गरिने मन्त्री ढकालको भनाई थियो।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा