जुम्ल्याहा र तिम्ल्याहा डेलिभरीको रोजाई बन्दै निसर्ग अस्पताल, कविताले जन्माइन् तिम्ल्याहा शिशु

Nisharga Hospital
Nisharga Hospital
June 08, 8:02

धनगढी, जेठ २६ – कैलालीको धनगढी स्थित निसर्ग अस्पताल जुम्ल्याहा र तिम्ल्याहा डेलिभरीको रोजाई बन्न थालेको छ । स्थापना भएको झन्डै २ वर्ष भएको अवधिमा निसर्ग अस्पतालमा १ दर्जन बढी जुम्ल्याहा र तीन तिम्ल्याहा डेलिभरी सफलता पूर्वक गरिएको निसर्ग अस्पतालका सञ्चालक कुवेर शाहीले बताए । 
निसर्ग अस्पतालमा एक महिलाले तीन शिशुलाई जन्म दिएकी छन्। जिल्लाको कैलारी गाउँपालिका ९ गदरियाकी २२ बर्सिया कविता चौधरीले दुई छोरी र एक छोरालाई जन्म दिएकी हुन्। 
निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालीमा शल्यक्रिया मार्फत तीन सन्तानलाई जन्म दिएकी कविताको र शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनको शल्यक्रियामा संलग्न चिकित्सकले बताएका छन् । उनले आज जन्माएको पहिलो शिशु (छोरी)को तौल २ हजार ग्राम, दोस्रो (छोरा) को २१ सय ग्राम र तेस्रो (छोरी) को तौल १७ सय ग्राम रहेको अस्पतालले जनाएको छ। 

निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्वा अन्सारीको टिमले चौधरीको शल्यक्रिया गरेका थिए। महिलाका श्रीमान् राजेन्द्र चौधरीले तीन वटै शिशुको अवस्था ठिक भएको बताए। उनले पहिलो सन्तानको रूपमा तीन शिशुको जन्म भएको बताए। 
एक साता अघि मात्रै निसर्ग अस्पतालमै बझाङको झोताकी २७ बर्सिया भगवती विष्टले तीन शिशु (छोरा)लाई जन्म दिएकी थिइन्। अहिलेसम्म निसर्ग अस्पतालमा तीन महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिई सकेकी छिन्। 
स्त्री तथा प्रसूति विशेषज्ञ, नवजात शिशु तथा बाल विशेषज्ञ लगायतका अनुभवी डाक्टरहरूको टिम, आइसियु, एनआईसियु र भेन्टिलेटरको सुविधा समेत भएकोले श्रीमतीलाई डेलिभरीका लागि यहाँ ल्याएर आएको आएको गर्भवतीका श्रीमानले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा