सीमा क्षेत्रबाट उद्धार गरिएका ३९ जना सवार टिपर कर्णालीमा खस्यो

Accident
Accident
June 10, 11:31


२८ जेठ, काठमाडौं । कालीकोटमा भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । टिपरमा सवार २७ जना यात्रु सम्पर्कमा आएका छन् । टिपरमा जम्मा ३९ जना सवार भएको र दुर्घटनाअघि नै केही यात्रु सडकमा हाम्फालेको प्रहरीले बताएको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजीवबहादुर बस्नेतका अनुसार दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । ३९ जना सवार रहेको टिपर बुधबार बिहान करिब १० : ४० मा लालीघाटस्थित कर्णाली नदीमा खसेको थियो ।

टिपर चालक २९ वर्षीय रंगनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार धेरै यात्रु चढाएको भनेर चालकसँग यात्रुको भनाभन भएपछि चालक धमला टिपर छोडेर हिँडेका थिए । घटनास्थलबाट भागेका उनलाई प्रहरील नियन्त्रणमा लिएको हो ।

कोरोना प्रकोपको कारण भारतका विभिन्न ठाउँबाट आएका उनीहरुलाई कालीकोटको रास्कोटस्थित क्वारेन्टाइनमा लगिँदै थियो । टिपरको व्यवस्था पनि रास्कोट नगरपालिकाले गरेको एसपी बस्नेतले बताए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुर्घटनामा परेका घाइतेको उद्धार र बेपत्ताको खोजी गरी उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा