डडेल्धुरामा मुशलले हानेर नातीले गरे आफ्नै हजुरआमाको हत्या
June 11, 3:20
डडेल्धुरामा, जेठ २९ – डडेल्धुरामा आफ्नै नातीले हिर्काउदा एक वृद्धाको मृत्यु भएको छ । बुधबार साँझ जिल्लाको गन्यापधुरा –२ कुवरगाउँका २४ वर्षीय रोशनराज गिरीले धान कुट्ने ढिकीको मुशलले हिर्काउँदा हजुरआमा ७३ वर्षीया राधादेवी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने बताए ।
नातीको आक्रमणबाट उहाँ गम्भीर घाइते हुनुभएको थियो’ उनले भने ‘उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भयो ।घटनामा संलग्न गिरीलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ । घटनापछि फरार रहेका गिरीलाई अमरगढी नगरपालिका –११ फिन्नेकोटस्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको न्यौपानेले बताए ।
मृतकका छोराले दिएको किटानी अनुसार गिरीविरुद्ध ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिइसकेको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 20, 7:58
June 21, 9:58
June 22, 11:50
June 23, 1:58
June 24, 4:26
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा