कोरोनालाई नियन्त्रण गर्न नसक्ने देखेर सरकारले लकडाउन खोल्यो 

Dhangadhi Fine Photo
Dhangadhi Fine Photo
June 11, 7:03

काठमाडौँ, जेठ २९ – सरकारले लकडाउनको मोडालिटी खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार अब एकल चालक रहनेगरी मोटरसाइलक तथा साइकल सञ्चालनमा आउनेछन्। सरकारले परिस्थिति विश्लेषण गरेर अर्को निर्णय समेत गर्न सक्नेगरी उक्त निर्णय गरेको हो।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक सरकारका प्रवक्ता डा युवराज खतिवडाले सामाजिक दूरीसहित स्वास्थ्यसँग सम्बन्धित सबै सेवा सञ्चालन हुने जानकारी दिए। कृषि तथा पशुपंक्षी व्यवसायका उत्पादन तथा वितरण, उद्योग, व्यापार, व्यवसाय र पसल तथा डिपार्टमेन्टल स्टोर खुला हुनेछ । सपिङ मल सञ्चालनमा नआउने सरकारको निर्णय छ । सबै प्रकारका ढुवानी सेवा सञ्चालनमा आउनेछन्। 

व्यक्तिहरुको पैदल आवागमनलाई पनि खुला गरिएको छ। सरकारको निर्णय अनुसार अब बैंक तथा वित्तीय संस्था पूरै समय खुल्नेछन् । 

सरकारको निर्णय अनुसार शैक्षिक संस्था, ट्युसन सेन्टर तथा तालिम केन्द्र पनि सञ्चालनमा आउने छैनन्। अनुमति प्राप्त बाहेक आन्तरिक तथा बाह्य हवाइ उडान बन्द हुनेछन्।  

यस्तै, सभा, सम्मेलन, गोष्ठी तथा तालिममा रोक यथावत राखेको छ। प्रदर्शन तथा भेला पनि रोक नै लाग्नेछ। सिनेमा घर, पार्टी, प्यालेस पनि बन्द रहनेछन्। सबै प्रकारका मनोरञ्जन र खेलस्थल बन्द रहनेछन्। निर्णय अनुसार सपिङ मल पनि सञ्चालन नहुने भएका छन्। सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल र यात्रुवहाक सार्वजनिक सवारी साधन बन्द हुनेछन् । 

सरकारले जोर बिजोर प्रणालीमा आधारित भएर निजी सवारी साधन सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ। चालकबाहेक अन्य दुई जना बोक्न पाइनेछ। नर्सरी लगायतका व्यवसाय सञ्चालनमा आउनेछन्। 
पूर्वाधारका सबै आयोजना निर्वधा सञ्चालन हुनेछन्। निर्माण सामाग्री उत्खनन्, संकलन ढुवानी लगायतका सबै काम खुला भएका छन्। सञ्चालित व्यवसायका कामदार ल्याउने पुर्‍याउने प्रयोजनका लागि पनि तोकिएको शर्त पूरा गरेर सवारी साधन सञ्चालन गर्न पाइनेछ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा