पत्रकार कुँवरद्वारा गाउँपालिका र वडाहरूमा स्वास्थ्य सामाग्री हस्तान्तरण 

Chakra Kunwor
Chakra Kunwor
June 13, 11:13

डोटी, जेठ ३१ - डोटीमा क्रियाशील पत्रकार चक्र कुँवरले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । डोटी जिल्लामा रेडियोको क्षेत्रमा १० वर्ष देखी क्रियाशील पत्रकार कुँवरले बोगटान फुड्सिल गाउँपालिका र पालीकाका विभिन्न वडाहरूमा स्वास्थ्य सामाग्री वितरण गर्नु भएको हो । जस अन्तर्गत गाउँपालिका लाई ५ सय वटा सर्जीकल मास्क र १५ थान स्यानिटाइजर प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारलाई कार्यालयमा हस्तान्तरण गरेका छन् । 
यसै गरी वडा नम्बर ५ धिर्कामाडौमा १०५ वटा लाइभवाइ साबुन, १०५ वटा सर्जिकल मास्क र १५ वटा स्यानिटाइजर आफै क्वारेन्टाइनमा पुगेर वितरण गरेका हुन् । यस्तै वडा नम्बर ७ चवारा चौतारालाइ १३० वटा लाइभवाइ सावुन, १३० वटा सर्जिकल कास्क र १५ वटा सेनिटाइजर वडा अध्यक्ष देव वहादुर वमलाइ वडा कार्यालयमा पुगेर हस्तान्तरण गरेको पत्रकार कुँवरले जानकारी दिए । 
उनले वडा नम्बर ४ सातफरीमा रहेका ११ क्वारेनटाइनका १९१ जना लाई यस अघि नै स्वास्थ्य सामाग्री तथा खाद्य वस्तु वितरण गरी सकेका छन् । वोगटान फुड्सील गाउँपालिका वडा नम्बर ४ सातफरी घर भएका पत्रका कुँवर रेडियो डोटीका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक हुनुका साथै नेपाल प्रेस युनियनका उपाध्यक्ष समेत हुन् । आफ्नो अभियान निरन्तर चलिरहने उनले बताएका छन् । साथै सामाग्री वितरणमा सहयोग गर्ने सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा