पश्चिम महिला जागरण समूहको संयोजनमा डोटीमा स्वास्थ्य सामग्री पठाइँदै 

Doti Fina
Doti Fina
June 16, 5:36

डोटी, असार २ – पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिममा रहेको सुदूरपश्चिमको  डोटी जिल्ला अन्तर्गत पर्ने केआईसिंह गाउँपालिका र शिखर नगरपालिकाका लागि पश्चिम महिला जागरण समूहको संयोजनमा स्वास्थ्य सामग्री सङ्कलन गरिएको छ । 
मङ्गलवार काठमाडौँस्थित रैका टुर एन्ड ट्रेक्सको कार्यालयमा आयोजित एक कार्यक्रममा ललितपुरस्थित प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउन्डेसनको तर्फबाट वरिष्ठ कलाकार हरिवंश आचार्य,  समाजसेवी रमिला  आचार्य, संस्थाकी अध्यक्ष समाजसेवी तथा गायिका आनी छोयिंग डोल्मा, सिगारपुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना छेत्री, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले सुदूरपश्चिममा कार्यरत पश्चिम महिला जागरण समूहकी अध्यक्ष गोदावरी सिंह शाहीलाई पीपीई सेट, गम बुट, फेस सिल्ड, सर्जिकल मास्क, के एन ९५ मास्क, सेनिटाईजर दस दस थान र २४ सेट फस्टएड किड हस्तान्तरण गर्नु भएको छ ।  
डोटी जिल्लामा पनि भारतबाट फर्किनेको सङ्ख्या बढ्दै गएको, स्वास्थ्य कार्यलयहरु र क्वारेनटाईनमा स्वास्थ्य सामाग्रीको अभाव खट्किदा समस्या उत्पन्न भएको कुरालाई मध्यनजर गर्दै सोही कार्यक्रममा रैका टुर्स एन्ड ट्रेक्सका तर्फबाट डोटीका ती दुवै स्थानीय निकायलाई २ हजार थान मास्क, २ सय थान स्यानिटाइजर र २० दर्जन साबुन रैका ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक अमर बहादुर शाहीले समूहलाई उपलब्ध गराउनु भएको हो । 
कार्यक्रममा सम्बन्धित संस्था र व्यक्तिप्रति आभार प्रकट गर्दै प्राप्त स्वास्थ्य सामग्रीमा अरू मास्क थपेर यथाशीघ्र सम्बन्धित निकायमा  पु¥याइने समूहकी अध्यक्ष शाहीले दाबी गर्नु भयो । 
उक्त कार्यक्रममा रैका ट्राभल्स एण्ड टुर्समा कार्यरत कर्मचारी र पश्चिम महिला जागरण समूहका कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूको समेत उपस्थिति रहेका थियो । 
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा