बुबा बिरामी भएको बहानामा भारत जान खोजेकी सरिता गिरीलाई नाकाबाटै फर्काइयो 

Sarita Giri.
Sarita Giri.
June 16, 6:53

काठमाण्डौं, असार २ – बुबा बिरामी भएको भन्दै भारत जान लागेकी जनता समाजवादीकी सांसद सरिता गिरी नाका बन्द भएपछि नेपालमै रोकिएकी छिन्।
मङ्गलवार दिउँसो सांसद गिरी सिराहाको ठाडी नाका हुँदै भारततर्फ जान खोजेको प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए। 
उहाँको बुबा बिरामी हुनुहुन्छ भनेर भारत जान खोज्नु भएको रहेछ। ‘तर अहिले लकडाउनको कारणले नाकाहरू बन्द छन्, उनले भने, ‘त्यसैले उहाँ जान पाउनुभएन। सुरक्षाकर्मीहरूले फर्काएको भन्न भने मिल्दैन।’
भारत जान नपाएपछि उनी कहाँ गइन् भन्नेबारे आफूलाई थाहा नभएको  प्रजिअ गुरागाईंले बताए। मलाई पनि खबर आएको थियो। प्रहरीहरूले सम्झाएपछि  फर्किनु भएको हो, उनले भने।पछिल्लो कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन हालेकी थिइन्।

उक्त क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने गिरीको जिकिर थियो। तर प्रतिनिधि उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा