डडेल्धुराका ८४ सहित सुदूरपश्चिममा थप २ सय ३८ जनामा कोरोना पुष्टि, अहिलेसम्मकै बढी संक्रमित आज 

Corona
Corona
June 18, 5:07

धनगढी, असार ४ –  

सुदूरपश्चिममा २४ घण्टामा दुई सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३, धनगढी प्रयोगशालमा २४ र बाँकेको प्रयोगशालामा एक गरी दुई सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ ज्नामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका थिए।

यस्तै बाँकेको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको थियो। उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो। धनगढी प्रयोगशालामा कञ्चनपुरका २०, कैलालीका तीन र अछाम जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय १७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४९ जना, कञ्चनपुरमा ९५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन्।

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा