काठमाडौं उपत्यकामा फेरी बढ्दै कोरोना संक्रमण, पछिल्लो तीन दिनमा १७ जना थपिए

Covid Update Nepal
Covid Update Nepal
June 20, 6:02

काठमाडौं, असार ६ – पछिल्लो केहि दिनयता काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित पुष्टि हुन थालेको छ । आज (शनिबार) काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँकी एक महिला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भक्तपुरका ७ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए। पछिल्लो केहि दिनयता काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित पुष्टि हुन थालेको हो । हिजो (शुक्रबार) काठमाडौं उपत्यकामा तीन जना संक्रमित भेटिएका थिए भने बिहीबार ६ जना संक्रमित भेटिएका थिए । शनिबार देशभर गरेर ३३१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ भने १५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा