सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या हजार नजिक, आज १ सय ६३ जना थपिए 

Corona Update Supa
Corona Update Supa
June 20, 6:49

धनगढी, असार ६ – सुदूरपश्चिममा आज थप एक सय ६३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२, धनगढी प्रयोगशालामा ६९ र शिक्षण अस्पताल महाराजगन्जमा रहेको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या नौ सय ४८ पुगेको छ। 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका नौ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा आज कोरोना पुष्टि भएको हो।

यस्तै शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । यस्तै धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा आज ६९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

उनका अनुसार डडेल्धुराका २७, कैलालीमा २४, डोटीका ११, अछाम, बैतडी र बझाङमा दुई÷दुई र कञ्चनपुरमा एक जनामा कोरोना पुष्टि भएको हो। सङ्क्रमित मध्ये ५८ पुरुष र महिला ११ रहेका छन्। 

प्रदेशका नौ जिल्ला मध्य हालसम्म सबैभन्दा बढी कैलालीमा दुई सय २९, डडेल्धुरामा एक सय ७१, बैतडीमा एक सय ४०, डोटीमा एक सय ३३, कञ्चनपुरमा ९७, अछाममा ७६, बाजुरामा ७०, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा