तीन महिनाको एक लाख ३५ हजार घर भाडा छुट दिने मनकारी जनप्रतिनिधि 

Prem BK
Prem BK
June 23, 2:31

धनगढी, असार ९ - धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित नेटवर्कका  कैलाली अध्यक्ष प्रेम विकले तीन महिनाको घर भाडा नलिने घोषणा गरेका छन् । धनगढी चौराहा नजिक भाडामा दिएको घरमा भाडामा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीबाट भाडा नलिने उनले घोषणा गरेका हुन् ।  
लक डाउनका कारण भाडा दिन नसक्ने अवस्थामा पुगेकालाई भाडामा कर गरेर समस्यामा पार्नु भन्दा केही सहुलियत होस् भनेर तीन महिनाको भाडा नलिने घोषणा गरेको उनको भनाई छ । 
‘ऋण कर्जा गरेर भाडा दिनुपर्ने अवस्था आएपछि उनीहरूलाई समेत केही राहत होस् भनेर भाडा नलिने भनेको हुँ ।’ उनले भने । 
उनले महिनाको ४५ हजारका दर तीन जनासँग एक लाख ३५ हजार भाडा नलिने बताएका हुन् । 

घरबेटीले भाडा नलिने घोषणा गरेसँगै भाडामा व्यवसाय सञ्चालन गर्दै आएकाहरूले निकै राहत महसुस भएको बताएका छन् । त्यहाँ होटेल व्यवसाय सञ्चालन गर्दै आएका डोटीको जोरायल निवासी विनोद भट्टले भने, ‘तीन महिनादेखि ठप्प भएको व्यवसायका कारण आर्थिक सङ्कट परेपछि कसरी भाडा तिर्ने भन्ने समस्या भएको थियो । तर अहिले भाडा मिनाहा भएपछि निकै राहत महसुस भएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा