बैतडीमा क्वारेन्टाइनमा खाना पकाउने भान्सेको मृत्यु, कोरोना परीक्षणको तयारी 

Death
Death
June 27, 5:28

धनगढी, असार १३ – बैतडीमा क्वारेन्टाइनमा खाना पकाउने भान्सेको मृत्यु भएको छ। दशरथ चन्द नगरपालिका वडा नम्बर ६ का ५३ वर्षीय मोहन तेलाको शनिवार बिहान स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार उनी विगत २ महिनादेखि बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा खाना पकाउने काम गर्दै आएका थिए। तर, गत असार ५ गतेदेखि उनी क्वारेन्टाइनबाट घर गएका थिए।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाउने तयारी भरहेको अधिकारीले बताए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा