बैतडीमा ट्रक दुर्घटना हुँदा डोटीका एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

Accident
Accident
June 27, 7:46

बैतडी, असार १३ – जयपृथ्वीराजमार्ग अन्र्तगत बैतडीको खोडपे – बझाङ सडकखण्डको धारीमा शनिबार बेलुका १० चक्के ट्रक दुर्घटना एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका २ बुडरका २० बर्षीय भुवन सुब्बा रहेका छन् । 
यस्तै ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० बर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएका घटनास्थलमा खटिएका प्रहरीचौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिए । सहचालक सुब्बाको घटनास्थलमै मृत्यु भएको हो । घाइते तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने मृतकको शव परिक्षणका पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको छ ।

दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गईरहेको ना ६ ख ४४५० नम्बरको १० चक्के ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ धारीमा शनिबार बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक र सहचालक मात्रै रहेका थिए । स्टेरिङ फेल भएर र्दुघटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनमान रहेको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा