बैतडीमा मृत्यु भएका क्वारेन्टाइनमा खाना पकाउने भान्सेको शव कोरोना रिपोर्ट नआउँदै जलाइयो

Shab
Shab
June 29, 10:14

बैतडी, असार १५ – बैतडीमा घर गएपछि मृत्यु भएका क्वारेन्टाइनमा खान पकाउने भान्सेको कोरोना परीक्षणको रिपोर्ट नआउँदै दाहसंस्कार गरिएको छ।
जिल्लाको दशरथ चन्द नगरपालिका वडा नम्बर ६ का ५३ वर्षीय पुरुषको शनिवार बिहान स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार उनी विगत २ महिनादेखि बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ४ मा रहेको जगन्नाथ बहूमुखी क्याम्पसको क्वारेन्टाइनमा खाना पकाउने काम गर्दै आएका थिए। तर, गत असार ५ गतेदेखि उनी क्वारेन्टाइनबाट घर गएका थिए।

दशरथ चन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गा दत्त जोशीले परिवारको आग्रहमा  उनको आइतबार दाहसंस्कार गरिएको जानकारी दिए। उनको धार्मिक मान्यता अनुसार परम्परागत रूपमै स्थानीयले आफैँ दाहसंस्कार गरेका हुन्।

उनको स्वाब भने शनिवार राती मात्रै धनगढी पठाएको थियो। उच्च स्वास्थ्य सतर्कताका साथ उनको दाहसंस्कार गरिएको जोशीको भनाइ छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा