दार्चुलामा मध्य राति घरमा पहिरो खस्दा बाबुछोराको पुरिएर मृत्यु , आमा गम्भीर घाइते

Pahiro
Pahiro
June 29, 10:28

दार्चुला, असार १५ – दार्चुलामा पहिरोमा पुरिएर बाबु छोराका मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् । जिल्लाको नौ गाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा गएको पहिरोले बाबु छोराको मृत्यु भएको हो भने आमा गम्भीर घाइते भएकी हुन् ।

गए राती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुशान्त महताको ज्यान गएको नौ गाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।

उनकी श्रीमती चनमति महता गम्भीर घाइते रहेको तथा उनलाई गोकुलेश्वर अस्पतालमा लगिएको छ । मृतक चन्द्र महताको घर पूर्ण रूपमा क्षति भएको उहाँले बताए । पहिरोले पुर्‍याएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा