सुदूरपश्चिममा क्वारेन्टिनमा खटिएका थप दुई प्रहरी जवानमा कोरोना पुष्टि, सङ्क्रमित प्रहरीको सङ्ख्या सात पुग्यो 

Corona
Corona
June 30, 1:24

धनगढी, असार १६ – सुदूरपश्चिम प्रदेशमा नागरिकको सुरक्षार्थ खटिने सात प्रहरीमा कोरोना पुष्टि भएको छ । पछिल्लो पटक बाजुराका थप दुई जना प्रहरी जवानमा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तम राज सुबेदीले जानकारी दिएका छन् । 
सङ्क्रमण पुष्टि भएका प्रहरी क्वारेन्टिनमा खटिएका थिए। उनका अनुसार दुवै प्रहरी जवानको बाजुराकै आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एक÷एक जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ। कञ्चनपुरका सङ्क्रमित प्रहरी गड्डाचौकीमा भारतबाट आउने नेपालीहरूको समन्वयका लागि र क्वारेनटिन सुरक्षार्थ खटिएका थिए।
अछाम र बाजुराका सङ्क्रमित प्रहरी भने क्वारेन्टिनमा खटिएका थिए। सुदूरपश्चिममा अहिलेसम्म एक प्रहरी सहायक निरीक्षक, एक हवलदार र पाँच जना प्रहरी जवान गरी कुल सात प्रहरीमा कोरोना पुष्टि भएको छ । त्यसमध्येका ४ जनाले कोरोना जितिसकेका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा