सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५३१ पुग्यो

Corona update
Corona update
June 30, 4:53

सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशाला, राष्टिय जनस्वास्थ्य प्रयोगशाला, वीर अस्पताल र त्रिभुवन शिक्षण अस्पतालमा सुदुरपश्चिमका थप ९६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या २५३१ पुगेको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका सात महिला र २० पुरुष गरी २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा आज बाजुराका १६ महिला र ३२ पुरुषमा कोरोना पुष्टि भएको उनले जानकारी दिए। उनका अनुसार पाटन अस्पतालमा भएको परीक्षणमा आज डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ भने विर अस्पतालमा भएको परीक्षणमा डोटीका एक महिला र १४ पुरुष गरी १५ जना, बैतडीका एक पुरुष र अछामका एक महिलामा कोरोना पुष्टि भएको छ। 

यस्तै धनगढीमा भएको परीक्षणमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ४४ बर्षीय पुरुष र अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ का ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै कोरोना परीक्षण भएको छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार पाँच सय ३१ पुगेको छ। आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय ८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै बाजुराका चार सय ६५, डोटीमा चार सय ४०, कञ्चनपुरमा तीन सय सात, डडेल्धुरामा दुई सय २९, बैतडीमा दुई सय १८, अछामका एक सय ६८, बझाङमा ७९ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने तीन सय ८८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा