पछिल्लो २४ घण्टाको कोरोना अपडेट : सुदूरपश्चिममा २४३ संक्रमित थपिँदा काठमाडौंमा थपिए १० जना, कुन जिल्लामा कति थपिए?

Corona
Corona
July 01, 6:15

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४८२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ८८६ नमुना परीक्षण गर्दा ११७ महिला र ३६५ पुरुषमा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको संख्या १४ हजार ८६ पुगेको छ। जसमध्ये महिला एक हजार ७७४ र १२ हजार २७२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। 

हालसम्म नेपालमा २ लाख ३३ हजार २२७ जनाको स्वाब परीक्षण गरिएको छ। हाल ४८ हजार ३६२ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन्। संक्रमित मध्ये ९ हजार ३६० जना आइसोलेसन र ४ हजार ६५६ जना डिस्चार्ज भएका छन्। 

कुन जिल्लामा थपिए संक्रमित?

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका ७, सिराहाका २र सुनसरीका१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

कोशी अस्पताल प्रयोगशालामा इलामका २, झापाका ६ र मोरङका १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ७, मोरङका १, ताप्लेजुङका १जनामा संक्रमण पुष्टि हुँदाप्रादेशिक प्रयोगशाला जनकपुरमा धनुषाका २१ र महोत्तरीका ३६  जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश २ कै नारायणी अस्पताल प्रयोगशालामा पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ५९, बझाङ १८, बाजुराका ७, गोरखाका २, कैलालीका १४, कञ्चनपुरका १र पर्वतका १ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै भरतपुर अस्पताल प्रयोगशालामा गोरखाका १ चितवनका १२, झापाका १र नवलपरासी पूर्व ११ का जनामा संक्रमण पुष्टि भएको छ। 

किटजन्यरोग प्रयोगशाला हेटौंडामाबाराका १ जनामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै, धुलिखेल अस्पतालमा भक्तपुरका १ तथा पाटन अस्पतालमा भक्तपुरका १, काठमाडौंका ४, मोरङका १ र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ। 

वीर अस्पताल प्रयोगशालमा डोटीका १९, अछामका ६६, बाजुराका १८, कैलालीका १०,  र कञ्चनपुरका ९ जनामा संक्रमण पुष्टि भएको छ। 

पोखरा प्रादेशिक प्रयोगशालामा बाग्लुङका ३, स्याङ्जाका ८, र तनहुँका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ३ र लमजुङका १० जनामा संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा अर्घाखाँचीका १, गुल्मीका ८, नवलपरासीका १, र पाल्पाका २ जनामा पनि संक्रमण पुष्टि भएकव छ। 

भेरी अस्पताल प्रयोगशाला नेपालगंजमा बाँकेका ११, बर्दियाका ११, दैलेखका २, कालिकोटका २, सल्यान १५ र सुर्खेतका २२ जनामा संक्रमण पुष्टि भएको छ। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाजुराका १८, र जुम्लाका १ जनामा संक्रमण पुष्टि भएको छ। 

सेती अस्पताल प्रयोगशालामा अछामका १, बैतडीका १ र कैलालीका ३ जनामा संक्रमण पुष्टि भएको छ। 

कुन प्रदेशमा कति संक्रमित?

हालसम्म सबै भन्दा बढी प्रदेश २ मा संक्रमण पुष्टि भएको छ। प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६२ जना संक्रमित थपिएका छन्। यहाँ संक्रमितको संख्या तीन हजार ८५६ पुगेको छ। त्यस्तै प्रदेश ५ मा तीन हजार ८४३ जना संक्रमित पुगेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ३६ जना संक्रमित थपिएका छन्।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या २७०० पुगेको छ। त्यहा आज मात्र २४३ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार ५०८ पुगेको पुगेको छ। आज मात्र त्यहाँ ४२ जनामा संक्रमण पुष्टि भएको छ। 

गण्डकी प्रदेशमा एक हजार ५८ जनामा संक्रमण पुष्टि भएको छ। आज गण्डकी प्रदेशमा ४१ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रदेश १ मा आज २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यहाँ संक्रमितको संख्या ६२३ पुगेको छ। त्यस्तै सबै भन्दा कम संक्रमित वाग्मती प्रदेशमा छ। यहाँ आज ३० जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमितको संख्या ४५८ पुगेको छ। 

उपत्यकामा १७ जना संक्रमित

यसैबीच आज काठमाडौंमा मात्र १० जनामा संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पाटन अस्पतालमा काठमाडौंका ४ जनामा संक्रमण पुष्टि भएको छ। पाटन अस्पतालमा नै ललितपुरका ५ र भक्तपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा पनि भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा