चटयाङ लागेर खेत रोप्दै गरेका चार महिलाको ज्यान गयो, सात महिला गम्भीर घाइते 

Thunder
Thunder
July 02, 12:06

बारा, असार १८– बारामा आज बिहान चट्याङ लागेर चार जना महिलाको ज्यान गएको छ । अरू सातजना महिला घाइते भएका छन् । बिहान करिब साढे सात बजे चट्याङ लागेर कलैया उपमहानगरपालिका १२ की ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको ज्यान गएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनुभयो । चट्याङ लागेर फेंटा गाउँपालिका १ की ४० वर्षीया सुनरपती देवी र  ३० वर्षीया तेंडु देवीको ज्यान गएको उहाँले बताउनुभयो ।

चट्याङ लागेर फेंटा गाउँपालिका १ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएका र उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
खेतमा रोपाइँ गर्ने क्रममा उनीहरुलाई चट्याङ लागेको हो ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा