पीसीआर मेसिनका लागि काठमाण्डौमा आठ लाख १३ हजार संकलन

Pcr
Pcr
July 03, 5:52

काठमाडौं, १९ असार - 
सुदूरपश्चिमको डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाजले अभियान चलाएका छन्। अभियानमा स्वदेश तथा विदेशबाट रकम संकलन हुनेक्रम जारी छ।  

अभियानका लागि काठमाडौंबाट ८ लाख १३ हजार ६ सय ६५ रुपैयाँ संकलन भैसकेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा फाउण्डेशनले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।  

फाउण्डेसनका संस्थापक एवं अग्रज पर्यटनकर्मी अमरबहादुर शाहीको संयोजकत्वमा चर्चित खेलाडी दिपक बिष्ट, क्रिकेट प्रशिक्षक जगत टमाटा, पत्रकार प्रशान्त अर्याल र युवा व्यवसायी राजु अवस्थीको नेतृत्वमा काठमाडौंमा सहयोग संकलन गरिएको हो।

‘आफ्नो भूमिका लागि केही गरौं भनेर हामीले यो अभियान चलाएका हौं’, संयोजक शाहीले  भने, ‘आवश्यक रकम उठिसकेकाले शुक्रबारबाट हामीले पैसा संकलन बन्द ग¥यौ ।’  

काठमाडौंमा संकलित रकम सुदूरपश्चिम पुग्नु अघि नै डडेल्धुराको क्षेत्रिय अस्पतालमा पिसिआर मेसिन स्थापना गरेर परिक्षणको काम सुरु भैसकेको छ। यसबाट सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाका बासिन्दाको कोरोना भाइरस परिक्षण गर्न सहयोग पुग्नेछ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा