समाजसेवी खड्काद्वारा कलारै आधारभूत विद्यालयलाई झन्डै डेढ लाख सहयोग

Sahayog
Sahayog
July 08, 1:30

डोटी, असार २४ – डोटीको केआईसिँह गाउँपालीका वडा नं ७ मा रहेको लाटा कलारै आधारभूत विद्यालयलाई सहयोग गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं १ निवासी समाजसेवी, शिक्षा प्रेमी तथा युवा नेता जित बहादुर खड्काले विद्यालयलाई १ लाख ४० हजार नगद विद्यालयलाई चन्दा स्वरूप सहयोग गरेका हुन ।
विद्यालय व्यवस्थापनका लागी आफूले विद्यालयलाई सहयोग गरेको शिक्षा प्रेमी खड्काले बताए । ‘निजी स्रोतबाट विद्यालयलाई अङ्ग्रेजी र नेपाली माध्यमबाट पढाउँदै आएका रैछन’ उनले भने ‘विद्यालय व्यवस्थापन गर्नका लागी सहजता होस भन्ने हेतुले आफ्नो तर्फबाट गर्न सकिने सहयोग मैले विद्यालयलाई गरेको हु ।’

निजी स्रोतबाट विद्यालयलाई अङ्ग्रेजी तथा नेपाली दुवै माध्यमबाट सञ्चालन गरिरहेका विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकको प्रयासलाई सबैले साथ दिनुपर्ने उनले बताए । समाजको हितमा हुने कार्यहरुमा आफ्नो सदैव सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा